Kath Khabar
"म अब पार्टी अध्यक्ष रहिन, संयोजक हुँ" - पुष्पकमल दाहाल

                        काठमाडौं, असोज १० । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले सबै पार्टी संरचनाहरू विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ। बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको बैठकपछि बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अब हामीले एउटै कुरा केन्द्रीय कमिटीको बैठक सफलतापूर्वक सफल गर्यौ,’ बैठक सकिएपछि बाहिरिने क्रममा अध्यक्ष पुष्पकमल दाहालले भने, ‘म अब अध्यक्ष छैन, म संयोजक भएँ।’

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update