Kath Khabar
जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको उपचार गर्न ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु

                   काठमाडौं, असोज १२ । गत भदौ २३ र २४ मा भएको जेनजीको विरोध प्रदर्शनमा घाइते भएकाहरूको उपचार गर्न सरकारले काठमाडौं उपत्यका र देशभरका अन्य शहरहरूमा जेनजी क्लिनिक सञ्चालन गर्ने योजना घोषणा गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको वर्गीकरणका लागि कार्यदलको नेतृत्व सम्बन्धित अस्पतालका विशेषज्ञ डाक्टरले गर्ने उल्लेख गरेको छ । गृह मन्त्रालयको निर्णय अनुसार, जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूलाई चिनाउने उद्देश्यले परिचयपत्र वितरणसँगै डेडिकेटेड ‘जेनजी क्लिनिक’ पनि स्थापना गरिएको छ । घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो ।

साथै, जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । घाइतेहरुको बर्गिकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरुको संयोजकत्वमा कार्यदल गठन हुनेछ । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्नेछ । 

त्यस्तै, घाइतेहरूको पहिचान र प्रभावकारी उपचारका लागि गृह मन्त्रालयमा सेप्टेम्बर २८ देखि सहायता कक्ष स्थापना गरिनेछ ।  गृह मन्त्रालयको निर्णय अनुसार, जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूलाई चिनाउने उद्देश्यले परिचयपत्र वितरणसँगै डेडिकेटेड ‘जेनजी क्लिनिक’ पनि स्थापना गरिएको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ट्रमा सेन्टरमा गएर घाइतेहरुलाई परिचयपत्र वितरण गरे । सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिचयपत्र बाड्न परिपत्र भएको छ ।

यि अस्पतालहरूमा छ उपचारको सुविधाः

िषकत-1759052554.jpg
 

 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update