Kath Khabar
जेनजी प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्नको लागि गरे वार्ता टोलीको घोषणा

                    काठमाडौं, असोज १२ । जेनजीका युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्नको लागि वार्ता टोली घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारी प्रतिनिधिसँग वार्ता गरी आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले टोली गठन गरेको जानकारी गराएको हो ।

वार्ता टोलीमा मिराज ढुंगाना, प्रवेश दाहाल, पुरुषोतम यादव, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी मोहम्मद मियार, अर्पित कुमार, दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ । 

अरु थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update