Kath Khabar
काठमाडौँ –१४ मा खोलाको छेउमा पहिरो गएर सडक भासियो, कुनै समस्या परेमा यि हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्न सकिने

                     काठमाडौं, असोज १८ । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन् ।

आज बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ । उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ ।

यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन महानगरले अनुरोध गरेको छ।

कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:

१६६००१०५५११,  ०१५९०१७६४, ०१५९०१७६३ (KMC Police)

 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update