काठमाडौं उपत्यकाका नदी करिडोरहरुमा भोलि बिहान ६ बजेसम्म सवारी आवागमन बन्द
काठमाडौं, असोज १८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ देखि आइतबार बिहान ६ बजेसम्म काठमाडौँ उपत्यकाका नदी किनार र करिडोर सडकमा सवारी साधन आवागमनमा रोक लगाएको छ ।
शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेकोले करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
अहिले काठमाडौं र ललितपुर जिल्ला स्थित बागमती नदिको मनोहरा र खोकना जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको तथा बढ्दो क्रममा रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय