
काठमाडौं, असोज २२ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पत्रकार सम्मेलनमा बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पत्रकारहरूसँग उनले बालेनको योजनामा म सहित ओली र रमेश लेखकलाई पक्राउ गर्न षड्यन्त्र गरिँदै छ भनेका छन् ।
बस्नेतले जेनजी आन्दोलनमा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने पनि बताएका छन् ।
पत्रकारहरूको जवाफ दिदै उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल विरुद्ध अनुसन्धान गर्न माग गरेका छन् । उनले भ्रष्टाचारको छानविन गर्ने सन्दर्भमा सबैभन्दा पहिला हालका मन्त्रीहरु घिसिङ र रामेश्वर खनालबाट सुरु गर्नुपर्ने बताएका हुन् ।
बस्नेतले पत्रकारको प्रश्नको जवाफ दिँदै भने, 'भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ, र यो कुलमान घिसिङबाट सुरु हुनुपर्छ किनभने मैले उहाँ जस्तो भ्रष्ट कसैलाई देखेको छैन' ।