Kath Khabar
माइतीघरबाट निकोलस भुसालसहित १२ जना पक्राउ

                           काठमाडौं, असोज २३  ।  काठमाडौंको माइतीघर मण्डलाबाट नेपाल प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ ।

जेनजीको माग पूरा गर्न नसकेको भन्दै जेनजीको एक समूहले पुनः प्रदर्शन आयोजना गरेको थियो । तर माइतीघर क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था गरिएको कारण उनीहरूलाई प्रदर्शन गर्न नदिइएपछि प्रदर्शन  गर्न पुगेका भुसाल र सञ्जीव दाहालसहित १२ जना पक्राउ परेका हुन् ।

आज बिहानैदेखि माइतीघर-बानेश्वर क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

 

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update