Kath Khabar
काठमाडौंमा र्‍याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक

                     काठमाडौं, असोज २४ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । 

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्ने तयारी गरेको छ । देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको युवा संघका अध्यक्ष क्षितिज थेबेले बताएका थिए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जनाएको छ । 

प्रशासनले पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । युवासंघले शनिबार दिउँसो १ बजे काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको थियो ।

 

 

IMG_0001(2)-1760091988.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update