Kath Khabar

                      काठमाडौं, असोज २४ । चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ ।  

असोज ३१ गतेबाट रिलिज हुने यस चलचित्रको बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । सगरमाथा आरोहण र प्रेमकथामा आधारित फिल्म ‘जेरी अन टप’ मा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय रहेको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको छन् भने हेमराज बिसीको पटकथा रहेकाे छ । फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।

ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update