Kath Khabar
विपिन जोशी जीवित नरहेको आईडीएफले दियो औपचारिक जानकारी

                     काठमाडौं, असोज २७ । गत वर्ष हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले औपचारिक जानकारी दिएको छ ।

आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र इजरायली सेनाका कमाण्डरहरूले संयुक्त राज्य अमेरिकामा उनकी आमा र बहिनी र नेपालमा रहेका उनका आफन्त किशोर जोशीलाई फोन गरेर यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताए।

इजरायली सेनाले गाजाबाट जोशीलाई जीवित देखाइएको भिडियो बरामद गरेपछि आशा बढेको थियो।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update