प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं, असोज २८ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका छन् । प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको हाे ।
सबै रिट अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्ने सर्वोच्च प्रशासनले जनाएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीकै सिफारिसमा प्रतिनिधि सभा विघटन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२ १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय