काठमाडौं, असोज २८ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका पार्टी सभापति देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ ।
जेनजी विद्रोहका क्रममा आक्रोसित समुहले देउवा दम्पतीमाथी कुटपीट गर्नुका साथै घरमा आगजनी गरेको थियो । नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो ।