Kath Khabar
डिएनए परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव, दुई वर्ष अघि नै भएको थियो हत्या

                  काठमाडौं, असोज २८ । इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका चार शव मध्ये एक नेपाली विद्यार्थी बिपिन जोशी कै भएको पुष्टि गरेको छ । हमासले हस्तान्तरण गरेको शवको डीएनए परीक्षणपछि जोशीको नै शव भएको पुष्टि गरेको हो । सोमबार राति हमासले इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो ।

हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा झण्डै दुई वर्ष अघि युद्धको सुरुका महिनामा नै हत्या भएको पाइएको इजरायली सेनाले बताएकाे छ ।

उनीसहित अर्का बन्धक इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि भएको छ ।  अन्य दुई बन्धकको नाम भने परिवारको अनुरोधमा हाललाई सार्वजनिक गरिएको छैन । इजरायली सेनाले एक विज्ञप्तिमा २६ वर्षीय गाइ इलुज सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा दक्षिण इजरायलमा आयोजित नोभा सङ्गीत महोत्सवमा सहभागी भएका बेला अपहरणमा परेका थिए ।

यस सन्दर्भमा डीएनए परिक्षणपछि इजरायली रक्षा बलले दिएको जानकारी अनुसार हमासले बन्धक बनाएका बेला जोशीसहित चार जना घाइते रहेको अनुमान गर्दै इजरायली रक्षा बलले सोही समयमा हत्या भएको हुनसक्ने अनुमान गरेको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन २०८० भदौको अन्त्यतिर कैलालीको टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थी समूहको रूपमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  इजरायल गएका थिए । अक्टोबर ७, २०२३ मा, हमासले इजरायलमा गरेको आक्रमणमा किबुट्ज क्षेत्रबाट जोशीलाई बन्धक बनाइएको थियो ।

 

Capture-1760441512.JPG
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update