-1760527500.jpg)
काठमाडौं, असोज २९ । भारतीय अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । बी.आर. चोपडाको लोकप्रिय टेलिभिजन धारावाहिक ‘महाभारत’ मा उनी दानवीर कर्णको भूमिका निभाएका उनलाइ विशेष रूपमा चिनिन्छ । उनी क्यान्सरबाट लामो समयदेखि पीडित थिए ।
उनले धेरै हिन्दी चलचित्र र टेलिभिजन धारावाहिकहरूमा अभिनय गरेका छन् । ‘चन्द्रकान्ता’, ‘युग’, ‘द ग्रेट मराठा’, र ‘बढो बहू’ जस्ता सिरियल तथा ‘आशिक आवारा’, ‘सड़क’, ‘सोल्जर’ र ‘बादशाह’ जस्ता चर्चित फिल्महरूमा पनि उनले अभिनय गरेका थिए । अभिनयका अतिरिक्त उनले ‘माय फादर गॉडफादर’ जस्ता चलचित्रको निर्देशन पनि गरे ।
हिन्दी फिल्म र टेलिभिजन क्षेत्रमा काम गरेका पंकज धीरको जन्म ९ नोभेम्बर १९५६ मा भएको थियो । उनी पन्जाबका मूल निवासी हुन् । पंकज धीरका पिता सी.एल. धीर एक प्रख्यात निर्देशक र निर्माता थिए, जसले सन् १९६० र ७० को दशकमा धेरै चलचित्रहरूमा काम गरेका थिए । उनीहरूको छोरा निकितिन धीर पनि अभिनेता हुन् र उनले अभिनेत्री कृतिका सेंगरसँग विवाह गरेका छन् ।
सिने एण्ड टिभी आर्टिस्ट्स एसोसिएसनले आधिकारिक वक्तव्य जारी गर्दै पंकज धीरको निधनको पुष्टि गरेको छ ।