Kath Khabar
महेश बस्नेतलाई शिक्षामन्त्री महावीर पुनकाे कडा जवाफ -"खाल्डोमा जाने काम पटक्कै नगर"

                        काठमाडौं, असोज ३१ । नेकपा एमालेका नेता महेश बस्नेत र शिक्षामन्त्री महावीर पुनबिच सामाजिक सञ्जालमा बहस भएको छ । 

बस्नेतले अन्तरवार्तामा नयाँ मन्त्रीहरूले गार्डसहित, क्वाटर, सेवा–सुविधा र गाडी नलिने भनी देखावटी कुरा गरेको तर उनीहरूको सुविधा कहाँबाट आएको भन्दै प्रश्न उठाएपछि मन्त्री पुनले महेस बस्नेत माथि कडा प्रहार गरेका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन् -

"महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म संगै छ त अहिले सम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ - महावीर पुन"

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update