
काठमाडौं, असोज ३१ । अनमोलको केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ ।
दुई सयभन्दा बढी शोसहित आजबाट हलमा लागेको यस फिल्ममा अनमोलसँगै अभिनेत्रीहरु आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन् । अन्य कलाकारहरूमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको पनि अभिनय रहेको छ ।
अनन्या फिल्मस्को ब्यानरमा तयार यस फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका छन् । फिल्ममा हेमराज बिसीको कथा रहेको छ भने फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन् ।
सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्मले सगरमाथा आरोहणको साहसिक कार्यलाई रोमान्टिक कथासँग मिसाउँछ, जसले हिमाललाई फिल्मको केन्द्रीय पात्र बनाउँछ ।
फिल्ममा पर्वतारोही भूमिका निर्वाह गरेका अभिनेता अनमोल केसीले यस फिल्मले नेपालको प्राकृतिक सौन्दर्य मात्र प्रदर्शन गर्दैन तर विश्वव्यापी दर्शकहरूमाझ देशको पर्यटनलाई पनि प्रवर्द्धन गर्दछ भनका छन् ।