
काठमाडौं, कात्तिक ४ । भारतीय अभिनेता गोवर्धन असरानीको निधन भएको छ। हिजो साँझ ४ बजे ८४ वर्षको उमेरमा असरानीको निधन भएको हो । उनलाई चार दिनअघि अस्पतालमा भर्ना गरिएको थियो, उनका फोक्सोमा पानी भरिएको बताइएको छ।
असरानीले आफ्नो अभिनय करियरमा करिब ३५० फिल्ममा अभिनय गरेका छन् । जसमा शोले, अभिमान, चुपके चुपके, छोटी सी बात, र भूल भुलैया समावेश छन्। शोले फिल्ममा असरानीको संवाद ‘हामी ब्रिटिश जमानाका जेलर हौं’ निकै हिट भयो ।असरानीले केही हिन्दी फिल्महरूमा लिड रोलमा पनि काम गरेका थिए। उनले फिल्म ‘चला मुरारी हिरो बन्ने’ मा न केवल अभिनय गरेका थिए, तर त्यसको लेखन र निर्देशन पनि आफैं गरेका थिए। उनी गुजराती सिनेमामा पनि काम गरिसकेका थिए। उनले छ वटा फिल्महरू निर्देशन गरेका थिए।
९० को दशकमा उनले केही समयका लागि सिनेमाबाट दूरी बनाएका थिए, तर पछि ‘हेरा फेरी’ र ‘हलचल’ जस्ता फिल्महरूबाट शानदार कमब्याक गरे। असरानीको विवाह अभिनेत्री मञ्जू बंशल इरानीसँग भएको थियो, जससँग उनले धेरै फिल्महरूमा सँगै अभिनय गरेका थिए।