Kath Khabar
प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री नियुक्त गर्दै

                     काठमाडौं, कात्तिक ९ ।  प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । स्राेतका अनुसार गणपतिलाल श्रेष्ठ पर्यटन, खगेन्द्र सुनार श्रम तथा रोजगार, बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा गौतमले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी सम्हाल्ने तय भएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन् । चारै जना मन्त्रीको शपथ आजै खुवाउने तयारी रहेको स्रोतले बताएकाे छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update