Kath Khabar
नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम र खेलकुद मन्त्री बब्लु गुप्ताले लिए सपथ

                                  काठमाडौं, कात्तिक ९ ।  नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले ४ जनालाई मन्त्री नियुक्ति गर्ने तयार गरेकी थिइन् । तर श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि सूचीबाट नाम हटाएर २ जनालाई मात्र शपथ गराइएको हो ।

सुनारको विवादित पृष्ठभूमि भन्दै चौतर्फी आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सुनारको शपथ लिने तयारी अन्योलमा परेको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update