ललितपुर, कात्तिक १० । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । बिरामीको मृत्युलाई लिएर आफन्तले प्रदर्शन गरेका छन् । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् ।
किष्ट अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती मिनाको ज्यान गएको आफन्तहरुको आरोप छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुले बताएका छन् ।
आक्रोशित आफन्तहरूले आइतबार पनि अस्पतालमा तोडफोड गरेका थिए ।

