Kath Khabar
देउवा दम्पती ह्विलचेयरमा देखिएपछि..........

                        काठमाडौं, कात्तिक ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुर पुगेका छन् ।

थप  स्वास्थ्य उपचारका लागि सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । काठमाडौंको विमानस्थलबाट हिँड्दै बिदा भएका देउवा र पत्नी आरजु राणा विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका थिए । 

सरकारले पासपोर्ट रोक्का नगरे पनि पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी अधिकारीलाई देउवा उपचारका लागि सिंगापुर जानेबारे जानकारी दिएका थिए । प्रधानमन्त्री कार्कीसहित सरकारी अधिकारीहरूले देउवा दम्पतीलाई उपचारका लागि सिंगापुर जान अनुमति दिएका हुन् । 

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो । उनीहरु सिंगापुरमा कति समय बस्ने भन्नेबारे भने खुलाइएको छैन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update