
काठमाडौं, साउन २८ । फेदापहाङ्मा उपनामले लोकप्रिय गायिका सीता सिङ्गकको एकल गीत ‘विश्वास’ सार्वजनिक भएको छ । गीतमा प्रेममा रहेका प्रेमील जोडीविच प्रेमको भावलाई निकै आकर्षकरुपमा ब्यक्त गरिएको छ । आधुनिक लयमा सिर्जित गीतको रचना गीतकार लीला सिङ्गक लेख्नुभएको हो ।
एकान्त आङ्देम्बेले गीतमा संगीत दिनुभएको छ । प्रेमिल जोडीहरूमा हुने आपसी विश्वासले दिने आत्मीयता र अविश्वासले ल्याउज सक्ने अविश्वासका कुरा प्रतिविम्बित भएको गीतको म्युजिक भिडियो आम दर्शक तथा स्रोता माझमा ल्याउन पाउदा आफु निकै खुशी भएको गायिका सीताले बताउनुभयो । राजु कार्कीको एरेन्ज रहेको गितको मिक्सिङ र मास्टरिङ किशोर थापाले गर्नुभएको हो । त्यस्तै, मेकअप आर्टिस्टमा वनेम मिङ्सारा र प्रकाशमा सञ्जोग र धिरेनले साथ दिनुभएको छ । हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा गीतमा गायिका आफैले अभिनय गर्नुभएको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/0L22FIc9pMc