राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किदै
काठमाडौं, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेल कतारबाट आज नेपाल फर्कदैछन् ।
कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई उनी आज अपराह्न स्वदेश फर्किने भएका हुन् ।
मंगलबारदेखि सुरु भएको विश्व सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा पुगेका राष्ट्रपति पौडेलले उक्त दिन शिखर सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

