Kath Khabar
गृहमन्त्री ओमप्रकाश अर्यालले भने - "शुद्ध चित्तले कर्म गरिरहेका छाै तर के गर्दैछौँ अहिले भन्न मिल्दैन"

                                  काठमाडौं, कात्तिक २३ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय यस्ताे संवेदनशिल मन्त्रालय हाे जहाँ के गर्दैछौँ  र के गर्‍यौँ  समेत भन्न नमिल्ने अवस्था रहेकाे बताएका छन् ।  उनले गृह मन्त्रालयको  केही गतिविधिहरू सार्वजनिक रूपमा खुलासा गर्न नसकिने कुरा स्पष्ट पारेका हुन् ।

जेनजी नेता सुदन गुरुङले आफ्नो प्रशासनिक शैलीमाथि प्रश्न उठाएपछि गृहमन्त्री अर्यालले अर्यालले फेसबुकमा प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । उनले मुलुकमा सुशासन कायम गर्दै निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्ने बताएका छन् ।

"गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।"

 

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update