कुलमान घिसिङले खेालेकाे नयाँ पार्टीको नाम 'उज्यालो नेपाल' रहने
काठमाडौं, कात्तिक २४ । उर्जामन्त्री कुलमान घिसिङले खेालेकाे नयाँ पार्टीको नाम 'उज्यालो नेपाल' रहने सहमति भएको छ ।
यसअघि नेपाल 'जनसेवा पार्टी' राख्ने सहमति भएको थियो तर आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै राख्ने सहमति भएको हो । पार्टीको चुनाव चिह्न बलिरहेको चिम रहनेछ ।
तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने घिसिङ निकट एक नेताले बताए ।
नयाँ पार्टीमा सुमनासँगै सागर ढकाल र जेनजी नेता सुदन गुरुङका प्रतिनिधिहरू पनि मिसिने सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

