मधेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेकाे रिटकाे पेशी आज
काठमाडौं, कात्तिक २५ । मधेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
संविधानको धारा १६८, उपधारा २ र ३ अन्तर्गत संविधान लागू रहेको अवस्थामा प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक भएको भन्दै सोमबार रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभा विरुद्ध रिट निवेदन दायर गरेका हुन्।
रिटको पेसी आज मंगलबारका लागि तोकिएको छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट सर्वोच्च लैजाने तयारी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

