Kath Khabar
प्रतिनिधि र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आव्हान

                      काठमाडौं, कात्तिक २८ । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि  निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै चुनावका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । 

आयोगले मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय सभाका लागि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची-१२ बमोजिम ढाँचामा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचित गराएको हो ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी विवरण, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्नेछ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update