राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले छाेडे रास्वपा
काठमाडौं, कात्तिक २८। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । आफूले छुट्टै अभियान चलाउन लागेकोले रास्वपाको पार्टी सदस्यबाट उनले राजीनामा दिएका हुन् ।
उनले इमेलमार्फत कार्यबाहक सभापति डीपी अर्याललाई राजीनामा बुझाएका हुन् । चितवनमा विशेष महाधिवेशनको माग गरेका परियारले अलग अभियानमा जोडिने तयारी गरेका छन् ।
परियार रास्वपाका तत्कालीन प्रतिनिधिसभामा प्रमुख सचेतक पनि रहेका थिए । यसअघि जेनजी आन्दोलनलगत्तै पार्टीका नेता सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

