गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक
काठमाडौं, साउन २९ । पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक गर्नुभएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र रजिना रिमालको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज भने सुरज श्रेष्ठले गर्नुभएको हो ।
नायिका केकी अधिकारी र सुधिर श्रेष्ठले अभिनय गर्नुभएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गर्नुभएको हो । गीतले प्रेम र बिछोडको कथा उठाएको छ । म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समावेश रहेको छ ।
भिडियो लिंक
https://youtu.be/l0u3miiX2VE
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८ ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय