Kath Khabar
गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ सार्वजनिक

काठमाडौं, साउन २९ । द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आउनुुभएका गायक रवि गहतराजको भ्वाइसपछिको पहिलो गीतले राम्रो प्रतिक्रिया पाएको छ । रविले गाउनुभएको पहिलो गीत ‘यो मनमा’ बोलको गीतलाई रिलिज भएको छोटो समयमै चार लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । यस गीतमा गायक, संगीतकार तथा मोडल प्रविन राई जिङ्को शब्द तथा संगीत रहेको छ । गायक तथा एरेञ्जर मनोज थापा मगरको एरेञ्ज तथा मिक्सिङ मास्टर रहेको छ ।

वासबी इन्टरटेन्मेन्ट युट्युव च्यानलमा रहेको यस गीतको म्युजिक भिडियोलाई प्रविनले नै निर्देशन गरेका छन् । स्टोरी बेसमा बनेको यस म्युजिक भिडियोलाई पनि दर्शकले मनपराएका छन् । यो मनमा गीतको म्युजिक भिडियोमा प्रविन राई र प्रियंका चौधरीको अभिनय देख्न सकिन्छ । प्रविन र प्रियंकाको कामसंगै जोडीपनि जमेको छ । प्रविन र प्रियंकासंगै गम बि गुरुङ, बिकाश गुरुङ र बिक्रम तामाङको पनि अभिनय रहेको छ । यस म्युजिक भिडियोमा अनिल कट्वालको सिनेमाटोग्राफी, सम्पादन तथा कलर रहेको छ ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=FzojcwEk20A

 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update