
काठमाडौं, साउन ३० । अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो युवा फिल्मस्को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।
सनुप पौडेलको आवाज रहेको ‘जब तिमी राम्री लाग्यो’ मा आर्यन सिग्देलको जोडीकोरूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी बाल कलाकारकोरूपमा रहनुुभएको छ । गीतमा अनिल शर्माको शब्द रहेको छ भने संगीत सुशान्त गौतमले भर्नुुभएको हो । संगीत संयोजन भने रिकेश गुरुङले गर्नुभएको छ ।
निर्देशक विशाल सापकोटाले निर्देशन गर्नुभएको उक्त भिडियोलाई उज्ज्वल जोशीले खिच्नुुभएको हो भने सम्पादन डिन्सन शाहले गर्नुभएको हो । म्युजिक भिडियोलाई युवा फिल्मस् मार्फत आशिष श्रेष्ठ र केशव खड्काले संयुक्तरूपमा निर्माण गरेका हुन । स्मरण रहोस् यही निर्माण टिमले चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको प्री प्रोडक्सनको काम पनि सुरु गरिसकेकाछन् । यसअघि पनि उक्त रिमेकमा आर्यन सिग्देलको निकै चर्चा रहेको थियो । त्यस समयमा आर्यनले उक्त कुरा नकारे पनि अब भने यो टिममा केही खिचडी पकिरहेको अनुमान लगाउन सकिन्छ ।
सार्वजनिक म्युजिक भिडियो ‘जब’ लाई उत्कृष्ट प्रतिक्रियाहरू आइरहेका छन् । फिल्मी शैलीमा बनेको भिडियो टुइस्टलाई दर्शकले निकै तारिफ गरेकाछन् । साथै भिडियोको कन्सेप्ट र सनुपको आवाजको पनि मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=dl3fOMqpnQQ