काठमाडौं, साउन ३१ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’ को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।
लोकसेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई रमाइलो तरिकाबाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गर्नुभएको हो ।
म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन् । सुर्य लामाले छायांकन र सम्पादन गर्नुभएको यो भिडियोलाई निर्मल कुमार लामा (बिजी) को निर्देशनमा तयार पारिएको हो । गायक लामाको आधिकारिक च्यानल ’प्रदिप लामा अफिसयल’ मार्फत सार्वजनिक गरिएको हो ।
विगत आठ वर्षदेखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीति संग्रह सार्वजनिक गरिसकेकाछन् । ’मोहनी लाईदिउ कि’, ’मायाले बोलाको’, ’हेलम्बु माथी’, ’मायालुले’, लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन् । गायक लामाले नेपाली बाहेक, टिबेटिन, तामाङ, ह्योल्मो, भाषामा पनि गीत सार्वजनिक गरिसक्नु भएको छ ।
भिडियो लिंक
https://youtu.be/XiS0gGTTdVI