Kath Khabar
रियलमीद्धारा फाईभ जी  विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा

काठमाडौ, बैशाख ८
प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनकोरुपमा देखिएको रियलमीले फाईभ जी विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाईभ जीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा फाईभ जी को अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।
ली का अनुसार रियलमीले आफ्नो फाईभ जी प्रक्षेपण वृद्धि गर्ने र आगामी दुई वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथतथा ट्रेन्ड सेटिङ डिजाइन सहितका सुलभ फाईभ जी उत्पादनहरुलाई ७० प्रतिशतग्राहकवर्गमाझ पु¥याइसक्ने लक्ष्यलिएको छ । पहिलो चरणमा भारततथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाईभ जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्चगति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाईभ जी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्ेश्य रहेको छ । 
यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा फाईभ जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोतसाधन सहित थप ३ करोड अमेरिकी डलर फाईभ जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ । 
विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराकासाथ द्रूतगतिमा फाईभ जी नेटवर्कको विस्तार गरिरहेको छ । पहिलो पटक २०१९ जनवरीमा फाईभ जी नेटवर्क सहितको ‘एक्स ५० फाईभ जी ’  सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्य कारेन्जमा फाईभ जी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राज गर्न पनि सफल भएका छन् । 
सीईओ लीद्वारा गरिएको गरेको खुला घोषणा पत्र ः ‘चुनौती देखि उन्नति’ का लागि फाईभ जी अँगिकार
“महामारीको समयमा प्रविधिमार्फत हामीहरु एक अर्कासँग कुरा गर्न र सम्पर्कमा रहनका लागि फाईभ जी प्रविधिको विकासले थप गति दिएको छ । विशेष गरी युवापुस्ताहरुका लागि कुशल, निर्बाध र एकआपसमा जोडिरहने जीवनशैलीलाई फाईभ जी ले सहज बनाएको छ, जुन उनीहरुले गरिरहेको अपेक्षा नै हो । रियलमीे युवापुस्तालाई नयाँ शैलीको प्रविधियुक्त उत्पादन प्रदान गर्न समर्पित भएर लागि परेको छ, रियलमी विश्वास गर्छ कि फाईभ जी प्रयोगको तिव्रता ल्याउन यसले मद्दत गर्दछ र यसमा हामी गर्व गर्छौँ । अबको फाईभ जी युगमा हामी यथास्थितिलाई चुनौती दिँदै नयाँ अन्वेशषणको खोज जारी राखी भविष्यका लागि फाईभ जी  नेटवर्कको युग निर्माणमा हामी समर्पित भएर लागेका छौँ । 
फाईभ जी स्मार्टफोनको अँगिकार वृद्धि
चीनमा सर्वप्रथम जनवरी २०१९ मा रियलमी एक्स ५० सिरिजमा फाईभ जी सार्वजनिक गरेयता विश्वमा रियलमीको बजार चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मुख्य कम्पनीका रुपमा रियलमीले फाईभ जी विस्तारका लागि काम गरिरहेको छ, सबै मूल्यका सिरिजहरुमा फाईभ जी  नेटवर्क समावेश गरी नेतृत्वदायी कम्पनीकारुपमा रियलमी देखा परेको छ । विगत दुई वर्षमा फाईभ जी   नेटवर्कका क्षेत्रमा बलियो प्रतिस्पर्धीकारुपमा देखा परी बजार विस्तारमा रेकर्ड बनाउन हामी सफल भयौँ, यसरी विश्वभर फाईभ जी विस्तार गरी लोकप्रियबनाउन नेतृत्वदायी कम्पनी हामी बनेकोमा यसमा गौर्रभान्वित छौँ । 
आगामी दिनमा फाभइजी विस्तारका लागि लामो यात्रा बाँकी नै रहेको छ, यद्यपि, हामी यसमा महत्वपूर्ण सफलता हाँसिल गर्न निरन्तर लागि रहेका छौँ, ताकी विश्वमा नयाँ पुस्ताका धेरैभन्दा धेरै प्रयोगकर्तामाझ फाईभ जी नेटवर्क पु¥याउन सकियोस् । 
आगामी दुई वर्षमा हामी आफ्ना ७० प्रतिशत प्रयोगकर्ता माझ फाईभ जी नेटवर्क पु¥याउने लक्ष्यसहित अघि बढेका छौँ, विशेषगरी भारत तथा दक्षिण एसिया र युरोपको बजारमा फाईभ जी उत्पादन पु¥याउने लक्ष्य हाम्रो रहेको छ । यी क्षेत्रमा फाईभ जी उत्पादनको बजार स्थापित गरिसकेपछि हामी विश्वभरका अन्यहाम्रा ६० वटा बजारमा फाईभ जी  विस्तार गर्नेे योजना बनाएका छौँ । 

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर मुख्य सातवटा फाईभ जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी १० देखि १५ वटा बजारमा २०२१ सम्म फाईभ जी को नमुना परीक्षण योजना अघि सारेको छ । यसका लागि कम्पनीले ९० प्रतिशत खोज तथा अनुसन्धान स्रोत साधनसहित थप तीन करोड अमेरिकी डलर फाईभ जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ । 
हामीलाई थाहा छ कि वृहत् फाईभ जी ईकोसिस्टम बनाउनु भनेको प्रविधिका लागि थप महत्वपूर्ण उपलब्धि हो । यसकारण रियलमी केबल आफ्ना उत्पादनमा फाईभ जी विस्तारित गर्न मात्र नभएर फाईभ जी नेटवर्कका लागि आवश्यक संरचना निर्माणमा पनि हामी त्यति नै महत्वका साथ लागिरहेका छौँ । यसका लागि उद्योग, टेलिकम अपरेटर, इन्टरनेट प्रदायक र एप निर्माणकर्तासँग सहकार्य गरी नयाँ अन्वेशषणसहित प्रयोगकर्तामाझ उच्चस्तरीय नयाँअनुभूति प्रदान गर्नका लागि पनि त्यति नै प्राथमिकताका साथ लागिरहेका छौँ । 
रियलमीका फाईभ जी उत्पादनले नयाँ पुस्ता सशक्तिकरण
डिजिटल समाजमार्फत नयाँ साथी बनाउन,े विषय वस्तु शेयर गर्ने लगायतका प्रविधि युग पुस्ता (जेनेरेसन जेड् ) को संख्या बढ्दो छ । यसैलाई मध्यनजर गरी युवापुस्तालाई विशेष प्राथमिकतामा राखेर रियलमीले उनीहरुको एकआपसमा प्रविधिमार्फत जोडिएको जीवनशैलीलाई अझ स्मृतिजन्य बनाउन स्मार्टफोन र एआईओटी उत्पादनलाई उच्चस्तरीय बनाउन कुनै सम्झौता गरेको छैन । 
रियलमीले अनलाइनको माध्यमबाट विश्व समुदायलाई फाईभ जी मार्फत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ, युवापुस्ताको गुनासो सम्बोधनका लागि हाम्रो नेतृत्वले विश्वविद्यालयका विद्यार्थीसँग उनीहरुको राय पनि लिने गरेको छ । हामीले त्यसलाई प्राथमिकताका साथ सुनेर सम्बोधन गर्दै आएका पनि छौँ । धेरै भन्दा धेरै प्रयोगकर्ताहरुमाझ उच्चगति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाईभ जी प्रविधिको सेवाप्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ । रियलमीले उनीहरुले चाहेअनुसारको प्रविधिको जीवनशैली अनुभूति गर्न पाउनेगरी विभिन्न गेम, लाइभ ब्रोडकास्टिङ र भिडियो स्ट्रिमिङका साथ एपका परिदृश्यहरु राखेको छ । 
फाईभ जी मार्फत उत्पादनको डिजाइन र प्रर्फमेन्समा छलाङ्
फोर जी बाट फाईभ जी युगमा प्रवेश आवश्यक ठहरिसकेको थियो तर यसका लागि उत्पादनको डिजाइन, निर्माण, नेटवर्क अनुभूति, प्रदर्शन, ऊर्जा खपत, अनुकूलता आदिको समायोजन पनि आवश्यक थियो । यी अनुकूलतालाई केन्द्रमा राखेर हामीले फाईभ जी सेवा प्रदानका लागि नवीन, अत्याधुनिक प्रविधि, असाधारण प्रदर्शन, ट्रेन्ड सेटिङ डिजाइन आदिलाई हामीले विशेष ख्याल दिएका छौँ । 
संस्करणात्मका सुधारका साथ पछिल्लो फाईभ जी प्रोसेसर अनुकूल एन्टेना डिजाइन र सूचना प्रसारण मोड्युल र सफ्टवेयर सिस्टममा व्यापक विकासका साथ विभिन्न सिरिजमा रियलमीले तीव्र, स्थिर नेटवर्क अनुभूतिका साथ बजारमा आफ्नो उपस्थिति जनाएको छ । न्यूनतम ब्याट्री खपत, शक्तिशाली प्रदर्शनका साथ रियमली विभिन्न फरक ब्यान्ड् फ्रिक्वेन्सीका साथ विश्वभर उपलब्ध छ । 
आउँदा दिनमा रियलमी ड्राइभ र सुविधालाई निरन्तरता दिँदै फाईभ जी  ग्रहण गरी कुशलता र प्रविधिमार्फत जोडिएको समाजमा विश्वभरी हाम्रा प्रयोगकर्ताहरुको प्रविधियुक्त जीवन उत्साहपूर्ण र उज्जवल बनाउन नयाँ सम्भावनाका साथ उपस्थित हुने प्रतिवद्धता गर्दछौँ ।
कम्पनीको बारेमा
रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीलेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’ को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पुगाउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोन मध्ये ७ औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता पाँच करोड नाघेका छन् । कम्पनीका संसारभर चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  २३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update