काठमाडौं, भदौ १ । गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अनिल कुँवरले बिट निर्माण गर्नुभएको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्याप समेत समावेश छ । म्युजिक भिडियोमा गायक कमल खत्रीको ‘आत्मामा’ बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गर्नुभएकी नायिका एवम मोडल आश्मा गिरी फिचर्ड रहनुभएको छ ।
अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गर्नुभएको हो । बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो । मोडल शर्माको आधिकारिक च्यानल ‘विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । हाल अमेरिकामा रहेका मोडल शर्माले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गर्नुभएको छ ।
भिडियो लिंक
https://youtu.be/5OMtAoE_hb4