Kath Khabar
देवी ओलीको ‘कति निष्ठुरी’ मा रोशनी, सन्दीप र जेनिश

काठमाडौ, बैशाख ९ ।  रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’ गीत सार्वजनिक भएको छ । गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल यु ट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की, सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ । लाखौ युवाहरु वैदेशिक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असरलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक भएको गीतलाई दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update