
काठमाडौं, भदौ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोनाा भाईरस (कोभिड १९) को संक्रमण पुटि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुल १६ हजार चार सय ३८ जनाको नमुुना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट नेपालमा थप ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुुनेहरुको संख्या १० हजार चार सय २९ पुगेको छ ।
यसैगरी पछिल्लो अवधिमा दुुई हजार एक सय २६ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको कुुल संख्या छ लाख ९१ हजार दुई सय ९९ पुुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप आठ सय ६७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा छ सय ३९, ललितपुर जिल्लामा एक सय २७ र भक्तपुर जिल्लामा एक सय एक जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।