Kath Khabar
कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ’माया सरर’

काठमाडौं, भदौ ६ । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियर फिचर गायक सचिन रौनियारको ‘माया सरर‘’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ ।

द कार्टुन क्रु को च्यानलबाट सार्वजनिक गीतको भिडियो रिलिज भएसंगै युट्युव ट्रेन्डिङको अग्रस्थान रहेको छ । बिगत तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

भिडियो लिंक
https://youtu.be/3iHY5valacA

 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update