
काठमाडौं, भदौ ९ । नेपालीहरुको चाड तीज नजिक आइरहेको समयमा बिभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन् । यसै बिच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहनुभएका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शब्दमा तीज गीत सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको स्वर रहेको यस गीतमा संगीत बिकाश चौधरीको रहेको छ ।
सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गर्नुभएकी अनु रातो साडी र सिउँदोभरी सिन्दुरमा सजिएर यो भिडियोमा अभिनय गर्नुभएको छ । यस गीतलाइ कमल राइले कोरियोग्राफी गर्नुभएको हो भने भिडियोकी निर्देशिका उषा मलाह सिम्रन हुनुहुन्छ । शिव ढकालको छायांकन रहेको यो भिडियोको सम्पादन बिर बहादुर थारुले गर्नुभएको छ ।
भिडियो लिंक
https://youtu.be/fds8kFcbsX0