Kath Khabar
नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड सम्पन्न

काठमाडौं, भदौ १३ । नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । चलिचत्र विकास वोर्डको प्राङ्गणमा संस्कृतविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा वोर्डका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ कलाकार नीर शाह, प्रथम टेलिफिल्म निर्देशक तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, बिज्ञापन एजेन्सी संघका अध्यक्ष सोमनाथ धिताल, वरिष्ट हास्य कलाकार सन्तोष पन्त, मोहन निरौला, आर पि पन्त, देशभक्त खनाल, बरिष्ठ पत्रकार प्रकाश सुवेदी, निर्देशक सुदर्शन थापा, कलाकार पुकार भट्टराई, ज्योति काफ्ले, बरिष्ठ समाजसेवी तारा बहादुर कुवँर लगायत ख्यातिप्राप्त कलाकार तथा समाजसेवीहरूको हातबाट अवार्ड वितरण गरिएको थियो ।

कुल ४१ विधा रहेको अवार्डमा उत्कृट टेलिफिल्मको अवार्ड हास्यव्यङग्य तर्फबाट 'उल्टो सुल्टो' ले प्राप्त गर्न सफल भएको छ । त्यसैगरी उत्कृष्ट टेलिफिल्म सामाजिक तर्फबाट 'जुठे' ले पाउन सफल भएको छ भने उत्कृष्ट निर्देशक सामाजिकमा 'जुठे' बाटै मरिचमान श्रेष्ठ र राजु पौडेलले पाउनुभएको छ । उत्कृष्ट चरित्र अभिनेतामा 'मेरी बास्सै' बाट सुरविर पण्डित, उत्कृष्ट चरित्र अभिनेत्रीमा 'जुठे' बाट विद्या कार्की, उत्कृष्ट लेखन सामाजिकमा 'जुठे' बाट मरिचमान तथा राजु पौडेल, उत्कृष्ट लेखन हास्यव्यङग्यमा 'उल्टो सुल्टो' बाट रबि डंगोल, उत्कृष्ट नव निर्देशकमा 'बुहारी' बाट रामचन्द्र बोहोरा, उत्कृष्ट छायाँकारमा 'जुठे' बाट घनश्याम पोख्रेरल, उत्कृष्ट सम्पादकमा दृष्टिबाट नविन निरौला, उत्कृष्ट खलपात्र 'जुठे' बाट रवि गिरी, उत्कृष्ट चर्चित कलाकार पुरूषमा 'गाह्रो छ' बाट वेगम नेपाली, उत्कृष्ट चर्चित महिला कलाकारमा 'गाह्रो छ' बाट रिनासा दाहाल, उत्कृष्ट सह अभिनेत्रीमा 'दृष्टि' बाट कविता शर्मा गेलाल, उत्कृष्ट सह अभिनेतामा 'बुहारी' बाट निरक शाही, उत्कृष्ट निर्देशक हास्यव्यङ्ग्यमा 'मेरी बास्सै' बाट दमन रुपाखेती, उत्कृष्ट निर्देशक सामाजिकमा 'जुठे' बाट मरिचमान श्रेष्ठ तथा राजु पौडेल र जुरी अवार्डबाट भुन्टी र मानवलाई प्रदान गरिएको छ ।

त्यसैगरी मरणोपरान्त सम्मानबाट स्व.उमेशनाथ अर्याल र शम्भु थापालाई प्रदान गरिएको थियो । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई प्रदान गरिएको अवार्डमा चलचित्र पत्रकारिता पुरस्कारतर्फबाट गोपीकृष्ण टिभीबाट विष्णु सुवेदी र मोफसलबाट पत्रकारिता गर्दै आएका हिमेश विकलाई प्रदान गरिएको छ । निकै उल्लेखिने कलाकारहरुको उपस्थितीमा सम्पन्न भएको सो अवार्डका आयोजक संस्थाको तर्फबाट टेलिफिल्म कुल खान्दान, दृष्टि र भाग्य आ आफ्नोलाई प्रदान गरिएको थियो ।

विश्वव्यापी कोभिड-१९ कोरोनाको बावजुद पनि टेलिफिल्म निर्माण गरी दर्शकलाई सन्देश मात्र नभई मनोरञ्जन प्रदान गर्ने कलाकर्मीलाई उत्साह होस् भन्ने हेतुले कोरोनासगै आर्थिक मन्दिमा पनि बक्स अफिस संस्थाले अवार्डलाई निरन्तरता दिई रहेको आयोजक संस्थाका अध्यक्ष आर के सुवेदीले बताउनुभयो । अवार्डलाई भब्य बनाउन जापान, युएई र कतारदेखि विभिन्न विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update