त्रिकोणात्मक प्रेमकथामा आधारित ‘किन मायामा’ सार्वजनिक
काठमाडौ, बैशाख १० । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘किन मायामा’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार गोपाल लोहारको शब्दमा रहेको यो गीतलाई वसन्त सापकोटाले संगीतवद्ध गर्नुभएको हो । गीतमा बिशम आचार्यले संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी फिचर्ड रहनु भएको छ । श्याम तामाङ्गले छायांकन गर्नुभएको यो भिडियोलाई बिकाश दाहालले सम्पादन गर्नुभएको हो । भिमा लोहार निर्मात्री रहनुभएको यो भिडियोलाई श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८ १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय