गायिका समिक्षा अधिकारीको आवाजमा “यो भाग्यमा” सार्बजनिक

काठमाडौं, भदौ १६ । नेपाली सुगम संगीतमा राम्रो मानिनु भएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिनुभएको छ । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ ।
प्रेमील प्रेमी प्रेमीका बीचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ । अजय रेग्मीको छायाँकन, पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठको अभिनय रहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/NCEd_r6ViXE
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८ १०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय