Kath Khabar
आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८, उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं, भदौ १७ । नेपाली गीत/संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलिक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप -प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या बिगतका बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा साधुबाद । अवार्ड कार्यक्रम भाद्र २१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् :
१. उत्कृष्ट तीज गीत मिक्सीङ
    १. मनोज परीयार     : सानीमाया
    २. पवन विश्वकर्मा     : माइतीको घर
    ३. मनोज परियार     : पातली –३
    ४. राजु कार्की          : सिङ्गापुरे साडी
    ५. विपिन आचार्य     : हाइ मेरो जीन्दगी

२. उत्कृष्ट तीज गीत एरेञ्जर
    १. राकेश सोनी         : गर्छु माया गर्छु
    २. पवन विश्वकर्मा      : माइतीको घर
    ३. राकेश सोनी         : घिन घिन मादल
    ४. राजेन्द्र बजगाई     : फूलै फूल्यो तिउरी
    ५. झलक संगीतम्     : रीमझिमे झरी

३. उत्कृष्ट तीज गीत नव गायिका
    १. सकुना श्रेष्ठ मलेकु    : माइतीको आगन
    २. शिलाश्मा हमाल      : झीलीमाई
    ३. विन्दु विसी              :  घिन घिन मादल
    ४. सरिता सुनार          :  लोभी बुढा
    ५. सारदा धिताल        : सिङ्गापुरे साडी

४. तीज गीत मोडल पुरुष
    १. राजेन्द्र लोहनी          : लकडाउनले
    २. दीपेन्द्र तिमील्सीना    : पारी वन हरियो
    ३. अभिषेक खड्का     : कलकन्ते काइयो
    ४. सुमन परियार          : जुल्फि पालेको
    ५. रमेश थापा             : मामली तनहुँ
५. तीज गीत मोडल महिला
    १. अञ्जु सुनार             : माईतीको आगन
    २. साक्षी लम्साल           : आँखा गयो नयाँ चिजैमा
    ३. रोविशा रसाइली       : गर्छु माया गर्छु
    ४. करिश्मा ढकाल        : थोपडाले धोका दीयो
    ५. टीका जैशी              : डालीमा पुतली भुरुभुरु

६. उत्कृष्ट तीज गीत छायांकार
    १. मुकेश हुमागाई       : आँखा गयो नयाँ चिजैमा  
    २. प्रकाश खड्का       : हङकङको साडी –२
    ३. दुर्गा पौडेल            : कुरा काटन
    ४. रोनिश तामाङ       : यसपाली त सोह्रै
    ५. अजय रेग्मी            : टीकटक चलाउने

७. उत्कृष्ट तीज गीत सम्पादक
    १. विनोद वम            : आँखा गयो नयाँ चिजैमा
    २. राजकुमार मगर     : हङ्कङ्को साडी –२
    ३. विष्णु शर्मा            : सानी
    ४. सुरेश राउत          : सालको पात
    ५. प्रकाश धमला        : अली अली लजाउदै

८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
    १. स्मृति तिमील्सीना       : अलि अलि लजाउदै
    २. दिपेद्र तिमील्सीना      : पारी वन हरीयो
    ३. केशवराज भट्ट          : झिलिमाई
    ४. राजीव बलामी           : फुलै फूल्यो तिउरी
    ५. स्मृति तिमील्सीना       : सिङ्गापुरे साडी

९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक
    १. देवेन्द्र पाण्डे               : टीकटक चलाउने
    २. सुरेन्द्र वसेल               : यस पालीको तीजमा
    ३. सुमन सागर जंग केसी    : जम्का भेट
    ४. प्रकाश धिताल              : झिलीमाई
    ५. होम गुरुङ                  :  मुग्लिन

१०. उत्कृष्ट तीज गीत शब्द
    १. ज्योति गुरुङ            : परदेशको छोरी
    २. राकेश सोनी            : घिन घिन मादल
    ३. शिताष्मा भुषाल       : स्वामीकी प्यारी
    ४. रमेश परियार           :  माईती देशैँको
    ५. शुष्मा शाही ठकुरी     : सानी

११. उत्कृष्ट तीज गीत लय
    १. एच वि सुनार          : माईतीको आगन
    २. रमेश परियार        : माईती देशैको
    ३. ऋतु कँडेल           : अलि अलि लजाउँदै
    ४. राकेश सोनी         : गर्छु माया गर्छु
    ५. भुवन प्यासी         : मखमली

१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका
    १. भुमिका शाह          : वाटुला
    २. भावना आचर्य        : टीकटक चलाउने
    ३. रमीला न्यौपाने        : नाई भन्न पाईदैन
    ४. पुर्णकला बिसी       : धिपी धिपी बत्ती
    ५. चिजा तामाङ        : तारा जुन

१३. उत्कृष्ट दोहोरी तीज गीत गायक
    १. भागीरथ चलाउने        : थोपडाले धोका दियो
    २. सम्राट चौलागाई        : सम्झीने पानी छम्किने
    ३. खेम सेञ्चुरी             : धिपी धिपी बत्ती
    ४. खुमन अधिकारी      : अब होला केही
    ५. भुवन प्यासी            : मखमली

१४. उत्कृष्ट तीज गीत गायिका
    १. मन्जु उपासना      : माईतीको आगन
    २. ऋतु कडेल          : अलि अलि लजाउँदै
    ३. दीया नेपाल          : पिलासे चोली
    ४. सुनिता दुलाल      : परदेशकी छोरी
    ५. रोशनी रसाईली     : गर्छु माया गर्छु

१५. उत्कृष्ट मौलिक तीज गीत गायिका
    १. सुनिता दुलाल         : स्वामीकी प्यारी
    २. कल्पना काफ्ले       : कम्मरै ढलमल
    ३. स्मृती गौतम           : माईती देश
    ४. कला लम्साल         : पातली –३
    ५. उमा श्रेष्ठ               : तीजैको मेला

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update