काठमाडौं, भदौ १८। लेखक तथा गायक श्री कृष्ण लुइँटेल (बोके दारी) को नयाँ गीत तिम्रै हुँ म (साली कमला २) सार्वजनिक भएको छ । बि.सं २०६२ सालमा सार्वजनिक भएको चर्चित गीत साली कमलाको अपार सफलता पश्चात गायक लुइँटेलले पुन ’साली कमला २’ आफ्नै यूट्युव च्यालन बोकेदारी अफिसियल मार्फत सार्वजनिक गर्नुभएको हो ।
संगीत, गायन तथा शब्द बोकेदारी स्वयंमल गर्नुभएको छ भने गीतको एरेन्ज जोनी योन्जनको रहेको छ । केशव रायमाझीको निर्देशन, सुमन योन्जनको छायाङकन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुवेदीको प्रस्तुती रहेको छ । म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।
लुइँटेलका ए बा किन्देउन भट भट भटे, डल्ले कि बहिनी, तेरो बाऊ थोते, सुनको सिक्री, ओके छ त, बाँके बर्दिया, केराको थम्बा, गीत बज्यो ट्याक्सीमा लगायत दुई सय भन्दा बढी गीतहरू सार्वजनिक भइसकेकाछन् ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=2icWZIostok