Kath Khabar
हिन्दी गीत ‘इबादत’ मा अर्जुन बिज्लानीसँग स्मिता दाहालको रोमान्स

काठमाडौं, भदौ १९ । नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिनुुभएको छ । भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिनुुभएको छ ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैं फिचड हुनुहुन्छ भने उहाँको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । भिडियोमा यो जोडीको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

भिडियोलाई राजीव एस. रुयाले निर्देशन गर्नुभएको हो । उहाँले अहिलेसम्म दुुई सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसक्नुुभएको छ । उहाँले ‘इबादत’ गीतको भिडियोलाई निकै आकर्षक बनाएका छन् । करीब ४ मिनेटको भिडियोमा मेकिङ उच्च देखिन्छ । गीतको भिडियोलाई पुनम यादवले निर्माण गर्नुभएको हो । उहाँ नेपाली हुुनुुहुन्छ ।

गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल इन्डियन रहनुुभएको छ । निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बतााउनुभयो । गीतको अडियो र भिडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उहाँको विश्वास छ । उहाँ अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा रहनुभएको छ ।

नेपाली राजनीतिमा समेत सक्रिय रहनुुभएकी निर्मात्री यादव भन्नुहुन्छ, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उहाँ चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहनुुभएको छ ।

नेपाली संगीत क्षेत्र र चलचित्र क्षेत्रमा मधेशी समुदायको उपस्थिति उत्साहजनक छैन । झन् महिलाको सहभागिता त शुन्य झैँ छ । निर्मात्री पुनम यादवले मधेशी समुदायका महिलाहरुलाई उर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मधेशी समुदायका महिला अझै पछि परेका छन् । आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन सकेका छैनन् । अब उहाँहरु पनि अगाडि आउनु पर्छ भनेर हौसला दिनका लागि पनि मैले गीत निर्माण गरेको हुँ ।’

भिडियो लिंक
https://www.youtube.com/watch?v=HvHpawdy7Fw&t=84s

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update