Kath Khabar
छबि न्यौपानेको गीतले अमेरिकामा घरबार बिहिन सुबास


काठमाडौ, बैशाख १२ । एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गर्नुभएका नायक सुबास थापा यतिबेला अमेरिकामा रहनु भएको छ । थापा अब निर्देशनमा होमिनु भएको छ । थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरुसंग उहाँले काम गर्नुभएको हो ।

छबि न्यौपानेको स्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द, कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरिकामा रहने एक नेपाली जोडिको कथालाई भिडियोमा देखाउन खोजिएको छ । धेरैको वास्तबिक जिवनसंग यो कथा मेल खाने निर्देशक थापाले बताएका छन् । श्रीमति छोडेर बिदेशी महिलासंग सम्बन्ध राख्दा कसरी एक पुरुष घरबार बिहिन भए भिडियोमा देखाउन खोजिएको छ ।

पहिलोपटक म्यूजिक भिडियो निर्देशन गर्नुभएका थापाले अमेरिका पुगेर पनि कलाकारीतालाई बिभिन्न माध्यमबाट प्रस्तुत गरिरहनुभएको छ । भिडियोलाई हलिउडका सिनेमाटोग्राफर तोरी राइसले छायांकन गर्नुभएको छ भने मेकअप पाटी क्यूरीको रहेको छ । यस म्यूजिक भिडियोलाई अराज केशवले सम्पादन गर्नुभएको हो । सार्वजनिक यो म्यूजिक भिडियोमा सुबास थापा, बिनिता खड्का थापा, शेली, प्याट्रिक र क्रिष्टिनाको अभिनय रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update