सत्यराजको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाडौ, बैशाख १२ । विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिनुभएको छ । यो गीतमा गीतकार प्रमिला बस्नेतको शब्द सुन्न सकिन्छ भने संगीत सरोज प्याकुरेलको रहेको छ ।
रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ । गीतमा प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गीतको म्युजिक भिडियोको छायाङ्कन बासु बरालले गर्नुभएको छ भने कोरियोग्राफी केशव राज भट्ट र दिन्सोन शाहको सम्पादन समाबेश छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८ १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय