Kath Khabar
सुवेदीको ‘गहना’ मा नरेन र साया

काठमाडौं, भदौ २३ । संचारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपालमार्फत सार्वजनिक गर्नुभएको छ । करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको छ ।

नजिकिंदै गरेको हरितालिका तीजलाई मध्यनजर गरिएको ‘गहना’ मा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्तरुपमा प्रस्तुत गरिएको छ । गहना नहुदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्टरुपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिनुभएको छ ।

अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेख्नुभएको हो । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पार्श्र्वसंगीत छ। दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौं आसपासमै खिचिएको हो ।

 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update