Kath Khabar
२० वर्ष पुरानो गीतको रिमेकः बले र शिक्षाको अभिनय

काठमाडौं, भदौ २७ । सागर लम्साल बले अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो । गीतमा सागर लम्साल बलेसंगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ ।

पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रष्ट्याउदै सागर भन्नुहुन्छ, पुराना गीतले पुराना साथीभाईहरुको सम्झना दिलाउँछ । तिनै पुराना साथीहरुको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाईएको हो । २० वर्ष पछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरिएको छ । गीतमा सरला बीसीले साथ दिनुभएको छ ।

गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इन्टरटेन्मेन्टको यूट्यूब च्यानलबाट सार्बजनिक गरिएको गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाउनुभएको छ । आफ्ना पुराना दिनहरुको सम्झना दिलाएको भन्दै गीतको अडियो र भिडियो दुवै पक्षको प्रशंसा गरेका छन् ।

केहीसमय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खड्काको रहेको गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घट्ना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=duB0mMagOEE

 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update