Kath Khabar
प्रेमिल शैलीको ’माया बैगुनी’ सार्वजनिक

काठमाडौं, वैशाख १३ । चर्चित कलाकार दिलिप रायमाझी र गायिका उर्मिला लाम्गादेको अभिनयमा रहेको म्युजिक भिडियो ’माया बैगुनी’ सार्वजनिक भएको छ । 
न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको स्वर रहेको यस गीतमा बसन्त सापकोटाको शब्द, संगीत रहेको छ । प्रेमिल शैलीको यस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । 
अमेरिकामा छायांकन गरिएको यस भिडियोलाई  प्रज्वल पन्तले छायांकन गर्नुभएको हो  । भिडियोमा बिष्णु खड्काले सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update