Kath Khabar
के गायिका विष्णु माझी जानुहोला शीतल निवासमा ?

काठमाडौं, असोज ३ । नेपाली सांगतिक क्षेत्रमा लोकप्रिय लोक दोहारी गायिका विष्णु माझीलाई सरकारले प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ। गायिका माझीलाई संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्री पदक प्रदान गर्न लागेको हो।

दर्शक, स्रोताका साथै कलकार, समाजसेवीले उहाँको खोजी गरेको छ। सार्वजनिक नहुने गायिका माझीलाई खोजी गर्ने हजारौं ‘फ्यान’ का साथै शुभचिन्तकहरु समेत रहनु भएको छ। तर, उहाँं ‘फ्यान’ का साथै शुभचिन्तक तथा कलाकारमाझ पनि सार्वजनिक हुनुहुन्न। किन सार्वजनिक नहुनु भएको हो ? सार्वजनिक नहुनुमा रहर वा वाध्यता हो यो कुरा स्वयं माझीलाई बाहेक अन्यलाई थाहा छैन वा उहाँको श्रीमान् सुन्दरमणि अधिकारीलाई थाहा होला। व परिवारलाई थाहा होला सो विषयमा पनि दिग्भ्रमित रहेको छ। उहाँ श्रीमान् सुन्रदमणि अधिकारी सँग बस्दै आउनु भएको छ।

गीत रेकडिङ गर्नका लागि स्टुडियोमा साँझ वा राति जाने । अनुहार सबै ढाकेर बाहिर हिड्ने लगायतका क्रियाकलप उहाँको सामान्य मानिस वा गायिकाहरुको भन्दा फरक रहेको छ। जुन रहस्यमय समेत देखिन्छ। उहाँले यस्तो क्रियाकलाप किन गरेको भनेर बाहिर सार्वजनिक समेत गर्नु भएको छैन। आफनो इच्छाबमोजिम सार्वजनिक नहुनु भएको हो वा वाध्यता हो उहाँले अहिले सम्म सो विषय सार्वजनिक गर्नु भएको छैन।

यसरी आफनो जीवन चलाई रहनु भएको लोकप्रिय गायिका माझीलाई सरकारले सम्मान गर्ने दिन उहाँ सार्वजनिक हुनु होला÷नहोला द्धिविधा पूर्ण रहेको छ। त्यहाँ माथि राष्ट्रपति भवन शीतल निवसमा उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान लिन आउनु होला/नहोला द्धिविधापूर्ण रहेको छ।

सरकारले खोजेको लोेकप्रिया गायिका माझीलाई यसअघि मानव अधिकार अयोगले समेत खोजेको छ। पछिल्लो केहि साता यता मानव अधिकार आयोगले  माझीको माइती जिल्ला स्याङजास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई पत्राचार गरी उहाँको अवस्था बुझन भनेको थियो।

तीजलाई लक्षित गरेर बजारमा ल्याएको गीत मार्फत् उहाँ पछिल्लो समय पनुः चर्चाको शिखरमा हुनुहुन्छ। नेपाली समाजको मौलिकता, सामाजिक चालचलनलाई आफनो गीत मार्फत् प्रस्तुति दिने माझीको पछिल्लो लोकप्रिय गीत तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ हो ।

विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीमानबाट पाउने यातना प्रस्तुत गरिएको उक्त गीतका रचनाकार भने स्वयं उहाँकै श्रीमान सुन्दरमणि अधिकारी हुनुहुन्छ।

आशा गरौं आइतबार सम्मान लिनको लागि सार्वजनिक नभए पनि माझी कुनै न कुनै दिन समस्या रहित सार्वजनिक हुनुहुनेछ भनेर । अनि आफना हजारौं ‘फ्यान’ शुभचिन्तक, साथीभाई, परिवार, इष्टमित्रलाई आफू कुनै समस्यामा नरहेको खबर दिनुहुनेछ भनेर ।

 

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update